२० मंसिर २०८२, शनिबार | December 6, 2025

नवनियुक्त खेलकुद मन्त्रीलाई लुम्बिनी प्रदेश खेलकुद परिषदको बधाई



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त शिक्षा,बिज्ञान,युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँलाई प्रदेश खेलकुद परिषद,लुम्बिनीको पदाधिकारीले मन्त्रालयमा भेट गरि कार्यकालको सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेका छन् । परिषदका सदस्य सचिब भिम ओली सहित प्रदेश कोषाध्यक्ष कृष्ण प्रसाद देवकोटा,कार्यकारी समिति सदस्य उमा अधिकारी र रुपन्देही जिल्ला खेलकुदको अध्यक्ष मनोज गौचन सहितको टोलीले मन्त्रीलाई खादा लगाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

परिषदको टिमले यस अघि गरेको नीतिगत निर्णय, जिल्ला खेलकुद बिकास समिति, खेल सँघ, खेल गतिविधि, कर्मचारी र बजेटको अवस्था र कार्यान्वयनको बारे जानकारी गराउदै खेलकुदमा अब्बल प्रदेशको विकासमा लाग्न मन्त्री खानलाई सुझाव दिएका थिए ।

मन्त्री खानलाई बधाई ज्ञापन गर्दै सदस्य सचिव वलीले लुम्बिनी प्रदेशबाट धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन भएको भन्दै यहाँको पुर्वाधार विकासमा जोड दिन सके आगामी दिनमा खेलकुदमा प्रदेशको अग्रताले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले रुपन्देही क्षेत्रलाई अबको खेल विकासमा प्राथमिकतामा राखेर अगाडी बढाउनुपर्ने भन्दै यसमा मन्त्रालयबाट आवश्यक पहल गर्न समेत सुझाव दिएका छन् ।

कार्यक्रममा मन्त्रीखांन ले खेलकुद क्षेत्रमा गरिएको लगानीबाट नागरिकलाई स्वस्थ रहने टेवा पुग्ने हुँदा खुलकुद सरकारको प्राथमिकतामा पर्ने बताए । उनले नेपालीहरुको दोस्रो महानचाड तिहारपछि खेलकुद गतिविधिले गतिलिने बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ५६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल