१० श्रावण २०८३, आइतबार | July 27, 2026

अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान



पोखरा । कास्कीको अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरले मनपरी उडान गरेपछि स्थानीय आन्दोलित भएका छन् । कास्कीको प्रमुख पर्यटकीय पदमार्गको रूपमा परिचित यो क्षेत्रमा पछिल्लो समय हेलिकोप्टरवालाले ग्राहक खोजेर नियम विपरीत उडाउन थालेका छन् ।

संरक्षित क्षेत्रमा हेलिकोप्टर उडाउन पाइँदैन । त्यसको विरुद्ध गाउँपालिकाले ब्याण्ड नै लगायो । तर, कम्पनीहरूले टेरेनन् । अहिले पालिकाको उडान रोक्ने निर्णय कार्यान्वयन भएको छैन ।

विशेषगरी प्रभु हेलिकोप्टरले यहाँ उडान भर्छ । व्यवसायीका अनुसार दैनिक १० भन्दा बढी फ्लाइट बेस क्याम्पमा हुने गरेको छ । हेलिकोप्टर उडान रोक्न सेन्चुरी युवा क्लबको अगुवाइमा जनप्रतिनिधि र पर्यटन व्यवसायीले आन्दोलन गरेका छन् । उनीहरूले आधार शिविरमै बैठक बसेर अनियन्त्रित रूपमा हुने उडान तत्काल बन्द गर्ने निर्णय गरेका हुन् ।

‘आजकै दिनदेखि हेलिकोप्टरको व्यावसायिक उडान पूर्ण रूपमा रोक्ने निर्णय गरियो,’ अन्नपूर्ण गाउँपालिका ११ का वडासदस्य इन्द्रमणी शर्माले भने, ‘यसरी मनपरी हुने उडानमा हाम्रो विरोध छ । कम्पनीले सुनुवाइ गरेन भने दोस्रो चरणको आन्दोलन गर्छौं ।’ उनीहरूले हेलिप्याडमा कालो झण्डा गाड्ने निर्णय गरेका छन् ।

‘भोलिदेखि कुनै हेलिकोप्टर आयो भने ल्याण्ड गर्न दिँदैनौँ । हाम्रा माग सुनुवाइ भएन भने पोखरासम्म गएर विरोध जनाउँछौँ,’ उनले अघि भने, ‘अब अति भयो । सहन नसकेपछि यो अवस्था बनेको हो ।’ व्यवसायीहरूले मंगलबार बैठक बसेरै आन्दोलनको घोषणा गरेका हुन् ।

अनावश्यक रूपमा हुने उडानले वन्यजन्तु र चराचुरुंगीलाई असर परेको उनीहरूको गुनासो छ । सँगै त्यहाँको व्यवसायमा पनि असर परेको छ । अन्नपूर्ण गाउँपालिकाले २०७५ सालमा उद्धार बाहेक कुनै पनि व्यावसायिक उडान हुन नदिने निर्णय गाउँसभाबाट गरेको थियो ।

त्यसपछि कोभिडले पर्यटन क्षेत्र खासै सक्रिय भएन । अहिले पर्यटक हिँड्न थालेका छन् । तर हेलिकोप्टरको रजगज उस्तै छ । पालिकाको निर्णय समेत मानेको छैन । त्यसो त, पालिकाले पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : ४१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले