३ पुस २०८२, बिहिबार | December 18, 2025

अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान



पोखरा । कास्कीको अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरले मनपरी उडान गरेपछि स्थानीय आन्दोलित भएका छन् । कास्कीको प्रमुख पर्यटकीय पदमार्गको रूपमा परिचित यो क्षेत्रमा पछिल्लो समय हेलिकोप्टरवालाले ग्राहक खोजेर नियम विपरीत उडाउन थालेका छन् ।

संरक्षित क्षेत्रमा हेलिकोप्टर उडाउन पाइँदैन । त्यसको विरुद्ध गाउँपालिकाले ब्याण्ड नै लगायो । तर, कम्पनीहरूले टेरेनन् । अहिले पालिकाको उडान रोक्ने निर्णय कार्यान्वयन भएको छैन ।

विशेषगरी प्रभु हेलिकोप्टरले यहाँ उडान भर्छ । व्यवसायीका अनुसार दैनिक १० भन्दा बढी फ्लाइट बेस क्याम्पमा हुने गरेको छ । हेलिकोप्टर उडान रोक्न सेन्चुरी युवा क्लबको अगुवाइमा जनप्रतिनिधि र पर्यटन व्यवसायीले आन्दोलन गरेका छन् । उनीहरूले आधार शिविरमै बैठक बसेर अनियन्त्रित रूपमा हुने उडान तत्काल बन्द गर्ने निर्णय गरेका हुन् ।

‘आजकै दिनदेखि हेलिकोप्टरको व्यावसायिक उडान पूर्ण रूपमा रोक्ने निर्णय गरियो,’ अन्नपूर्ण गाउँपालिका ११ का वडासदस्य इन्द्रमणी शर्माले भने, ‘यसरी मनपरी हुने उडानमा हाम्रो विरोध छ । कम्पनीले सुनुवाइ गरेन भने दोस्रो चरणको आन्दोलन गर्छौं ।’ उनीहरूले हेलिप्याडमा कालो झण्डा गाड्ने निर्णय गरेका छन् ।

‘भोलिदेखि कुनै हेलिकोप्टर आयो भने ल्याण्ड गर्न दिँदैनौँ । हाम्रा माग सुनुवाइ भएन भने पोखरासम्म गएर विरोध जनाउँछौँ,’ उनले अघि भने, ‘अब अति भयो । सहन नसकेपछि यो अवस्था बनेको हो ।’ व्यवसायीहरूले मंगलबार बैठक बसेरै आन्दोलनको घोषणा गरेका हुन् ।

अनावश्यक रूपमा हुने उडानले वन्यजन्तु र चराचुरुंगीलाई असर परेको उनीहरूको गुनासो छ । सँगै त्यहाँको व्यवसायमा पनि असर परेको छ । अन्नपूर्ण गाउँपालिकाले २०७५ सालमा उद्धार बाहेक कुनै पनि व्यावसायिक उडान हुन नदिने निर्णय गाउँसभाबाट गरेको थियो ।

त्यसपछि कोभिडले पर्यटन क्षेत्र खासै सक्रिय भएन । अहिले पर्यटक हिँड्न थालेका छन् । तर हेलिकोप्टरको रजगज उस्तै छ । पालिकाको निर्णय समेत मानेको छैन । त्यसो त, पालिकाले पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : ४१ बजे

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले