१६ बैशाख २०८१, आइतबार | April 28, 2024

जनकपुरमा दीपावलीमा फूल र केरा थामको माग अत्यधिक



जनकपुरधाम । जनकपुरसहित देशका विभिन्न भागमा हिन्दु धर्मावलम्बीले मनाउने दीपावलीमा फूलको व्यापारमा वृद्धि भएको छ ।

दीपावलीमा धनकी देवी लक्ष्मीको पूजापाठ हुने गरेको र पूजापाठमा फूल अनिर्वाय रहेकाले फूलको व्यापारमा वृद्धि भएको हो ।

तिहारको तेस्रो दिन बिहीबार बिहानैदेखि जनकपुरसहित प्रदेश २ का विभिन्न सहर वीरगन्ज, कलैया, मलंगवा, राजविराज, लहानलगायतका सहर बजारहरुमा फूल तथा केराको थाम किन्नेहरू घुइँचो लागेको छ । केरा थाम बेच्न बिहानैदेखि किसानहरू ट्याक्टर तथा बयलगाडामा लोड गरेर जनकपुरधाम बजारमा घुमिरहेको देखिन्छ भने फूलमाला बेच्न मालीहरू भने रातिदेखि नै चोकचोकमा पसल थापेर बसेका छन् ।

व्यापारीहरूले आफ्नो पसल अगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने गरेका छन् । केराका थाम ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार बिक्रीका लागि ल्याएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(३ बस्ने कासिम अन्सारीले प्रति थाम २५० रुपैयाँ बिक्री गरेको बताए । केराको घौरभन्दा थाममा बढी आम्दनी हुने गरेको उनले बताए ।

बिहीबार मात्रै जनकपुर बजारमा करिब चार(पाँच हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । लक्ष्मीपूजाका दिन फूल र केराको थामको करिब ५० लाखभन्दा बढी कारोबार हुने अनुमान आफूहरूको रहेको उनले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १२ : ३४ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य