७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

स्याङ्जाको श्री जनहित माविमा भुतपूर्व विद्यार्थी मञ्च गठन, अध्यक्षमा सोमै



कारिकोट । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ कारिकोटमा रहेको श्री जनहित माध्यामिक विद्यालयमा भुतपूर्व विद्यार्थी मञ्च गठन भएको छ ।

विद्यालयमा विभिन्न तहमा अध्ययन गरेका भुतपूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक, समाजसेवी र पत्रकार तथा भर्चुअल माध्यमबाट भुपू विद्यार्थीहरुको सहभागितामा भुपू विद्यार्थी मञ्चको गठन भएको हो ।

वि।सं २०१५ सालमा स्थापना भएको श्री जनहित माध्यामिक विद्यालयमा भुपू विद्यार्थी मञ्च गठन गरिनु स्वागतयोग्य कार्य भएको विद्यालय व्यवस्थापन समितका अध्यक्ष कृष्ण बहादुर लामिछानेले बताए ।

नवगठित समितिको अध्यक्षमा यम सोमै, उपाध्यक्षमा डा.गोकर्ण पाण्डे र टोप बहादुर सुनार, सचिवमा सुमन थापा, सह-सचिवमा जमुना सोमै र गोविन्द पराजुली, कोषाध्यक्षमा दामोदर पराजुली, र सह-कोषाध्यक्षमा दिनेश कुमार श्रेष्ठ चयन भएको विद्यालय व्यवस्थापन समितिका सदस्य बम लामिछाने मगरले जानकारी दिए ।

यस्तै बालकृष्ण पाण्डे, बम लामिछाने मगर, केशर बहादुर क्षेत्री, दुर्गा बहादुर सोमै र डा। कृष्ण बहादुर सोमै समितिको सल्लाहकारमा चयन भएको लामिछानेले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लामिछाने, विद्यालयका प्र.अ. केशर बहादुर क्षेत्री, शिक्षक सुर्य बहादुर दर्लामी, समाज सेवी दुर्गा बहादुर सोमै, पत्रकार तथा दिपक बि.क लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु गरेका थिए ।

नव गठित समितका अध्यक्ष यम सोमैले श्री जनहित माविलाई समयानुकूल शैक्षिक कार्यक्रमहरुमा आफुले जोड दिने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ५ : ५५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल