१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

स्याङ्जाको श्री जनहित माविमा भुतपूर्व विद्यार्थी मञ्च गठन, अध्यक्षमा सोमै



कारिकोट । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ कारिकोटमा रहेको श्री जनहित माध्यामिक विद्यालयमा भुतपूर्व विद्यार्थी मञ्च गठन भएको छ ।

विद्यालयमा विभिन्न तहमा अध्ययन गरेका भुतपूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक, समाजसेवी र पत्रकार तथा भर्चुअल माध्यमबाट भुपू विद्यार्थीहरुको सहभागितामा भुपू विद्यार्थी मञ्चको गठन भएको हो ।

वि।सं २०१५ सालमा स्थापना भएको श्री जनहित माध्यामिक विद्यालयमा भुपू विद्यार्थी मञ्च गठन गरिनु स्वागतयोग्य कार्य भएको विद्यालय व्यवस्थापन समितका अध्यक्ष कृष्ण बहादुर लामिछानेले बताए ।

नवगठित समितिको अध्यक्षमा यम सोमै, उपाध्यक्षमा डा.गोकर्ण पाण्डे र टोप बहादुर सुनार, सचिवमा सुमन थापा, सह-सचिवमा जमुना सोमै र गोविन्द पराजुली, कोषाध्यक्षमा दामोदर पराजुली, र सह-कोषाध्यक्षमा दिनेश कुमार श्रेष्ठ चयन भएको विद्यालय व्यवस्थापन समितिका सदस्य बम लामिछाने मगरले जानकारी दिए ।

यस्तै बालकृष्ण पाण्डे, बम लामिछाने मगर, केशर बहादुर क्षेत्री, दुर्गा बहादुर सोमै र डा। कृष्ण बहादुर सोमै समितिको सल्लाहकारमा चयन भएको लामिछानेले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लामिछाने, विद्यालयका प्र.अ. केशर बहादुर क्षेत्री, शिक्षक सुर्य बहादुर दर्लामी, समाज सेवी दुर्गा बहादुर सोमै, पत्रकार तथा दिपक बि.क लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु गरेका थिए ।

नव गठित समितका अध्यक्ष यम सोमैले श्री जनहित माविलाई समयानुकूल शैक्षिक कार्यक्रमहरुमा आफुले जोड दिने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ५ : ५५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू