२९ चैत्र २०८२, आइतबार | April 12, 2026

नेपालगन्ज जहाँ मुस्लिम दाजुभाईले हिन्दु दिदीबहिनीसँग सप्तरङ्गी टीका लगाउँछन्



नेपालगन्ज । पश्चिम नेपालको एउटा शरह नेपालगन्ज नेपालमा सदभावको शहरका नामबाट पनि प्रसिद्ध रहेको छ । विश्व जनमानसमा धर्मका नाममा लडाँई झगडा भईरहँदा नेपालगन्जमा ईद मनाउन र शुभकामना दिन हिन्दुहरु मज्दिज पुग्छन् भने मुस्लिम अगुवाहरुले दशैं र तिहारमा हिन्दुको घरमा टीका थाप्न आउने गर्दछन् ।

मस्लिम समुदायको ईदमा इदगाहामा गएर हिन्दुहरुले गला मिलाउँदै इद मिलन गरेको झण्डै २ महिना पछि परेको दशैं र तिहारमा हिन्दुको घरमा पुगेर मुस्लिम अगुवाहरुले टीका थापेका छन् । अघिल्लो वर्षलाई निरन्तरता दिँदै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, युनेस्को क्लवका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दीकी, नेपालगन्ज उपमहानगरपालिका ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना लगायतले तिहारमा हिन्दु दिदी बहिनीसँग सप्तरँगी टीका लगाएका छन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष मन्सुरीले नेपालगन्ज पमहागरपालिका १, धम्बोझी माइती भई राजविराजमा विवाह भएकी पुनम सिंहको हातबाट टीका लगाएका छन् भने बाँके युनेस्को क्लवका संस्थापक अध्यक्ष सिद्धिकीले नेपालगन्जकी मिना तुलाधर र दिदी माया थापासँग टीका लगाएका छन् । त्यसैगरि नेपालगन्ज उपमहानगरपालिका ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले नेपालगन्ज उपमहानगरपालिका १४ भवनियापुरकी लक्ष्मी चौधरीको हातबाट भाई टीका लगाएका छन् ।

विगत लामो समयदेखि भाई टीका लगाउँदै आएको बताउँदै उनीहरुले भाईटीकाले हिन्दु र मुस्लिम वीच सद्भाव कायम गरेको दाबी समेत गरेका छन् । नेपालगन्जमा हिन्दु र मुस्लिम वीच राम्रो सम्बन्ध छ भन्ने देश, विदेशमा सन्देश दिन टीका लगाउन थालेको उद्योग बाणिज्य संघका अध्यक्ष मन्सुरीले बताए ।

वडा अध्यक्ष बेहनाले पनि सामाजिक र धार्मिक सद्भावका लागि भाई टीका लगाउने गरेको उनले बताए ।

बाँके युनेस्को क्लवका संस्थापक अध्यक्ष प्रवेज सिद्धिकीले हिन्दु र मुस्लिम धर्मालम्बिहरुले एकले अर्काको धर्मको सम्मान स्थापित गर्न टीका लगाउन शुरु गरेको बताए ।

मुस्लिमहरु भाई टीका लगाउने, दसैँमा टीका लगाउने र हिन्दुहरु मुस्लिमको मोहरम, मोहम्मद डे लगायतका पर्वमा शुभकामना आदान प्रदान गर्ने चलनले नै नेपालगन्जलाई सद्भावको सहर बनाएको सिद्दीकीको भनाई छ।

 

 

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १० : ०४ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्