२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जुवाखालबाट नेता र पत्रकारसहित १५ जना पक्राउ, १२ लाख ४३ हजार नगद बरामद



भक्तपुर । प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।

गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीका घरमा छापा मार्दा जुवातास खेलिरहेका अवस्थामा नगद रु १२ लाख ४३ हजार ७८० सहित १५ जनालाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवानेता र पत्रकारसमेत छन् । यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो ।

प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन । मणिराम पुरीले यसअघि पनि पटक–पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए । -रासस

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १० : ०४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले