११ बैशाख २०८१, मंगलबार | April 24, 2024

सल्यान बस दुर्घटना अपडेट : १२ को मृत्यु, ८ जनाको परिचय खुल्यो



दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मृतक मध्ये १० जना महिला २ जना पुरुष रहेका छन् । ८ जनाको परिचय खुलेको छ । बाँकी ९ जनाको भने परिचय खुल्न बाँककी रहेको प्रहरीले जनाएको छ ।

मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका–१२ कि ५३ वर्षीया प्रभा चलाउने, शारदा–२ कि ६१ वर्षीया मिना डाँगी, शारदा–४ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ काभ्रा कि २४ वर्षीया मिना शाही, दाङ बबई गाउँपालिका–४ बस्ने ६० वर्षीया डुली रेउले, बबई–६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी–२ का २९ वर्षीय तिलक ओली रहेका प्रहरीले जानकारी दिएको छ ।

शनिवार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए ।

बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ३ : १७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना