२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै



हेटौंंडा । सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ ।

स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन् । उनी गठबन्धनका दल नेपाली कांगेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी नेपालको समर्थनमा ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

१ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर छ ।

एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई-दुई तथा जसपाको एक सिट छ ।

यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि पद गुमाएपछि राजीनामा दिएकी थिइन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : २२ बजे

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक