१० बैशाख २०८३, बिहिबार | April 23, 2026

भैरहवामा छठको चहलपहल



भैरहवा । तिहारको समापनसँगै रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरु भएको छ । तराई(मधेसमा छठ पूजाका सामग्रीको जोहोका लागि किनमेल भइरहेको छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी, सिङ्गडा, मुला, अदुवाको बोट त्यस्तै माटाका भाडो तथा बाँसका सामग्री खरिद गरिन्छ । यी सामग्री किन्न भैरहवाको मुख्यबजार साथै भारतको सुनौली, नौतनवा, फरेनियामा समेत किनमेलका लागि भिड बढेको छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले दुई ठाँउमा विधिवत रूपमा मनाउँदै आएका छन् ।

५० वर्ष पहिलेदेखि नेपाली सेनाको कालीभक्ति गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमान मन्दिरस्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै आएको छ ।

कात्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाइ तथा सजावटका काम भइरहेका छन्, वेदी बनाउने र ठाउँ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन् ।

सोमबारदेखि सुरु भएको पर्व अन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ ।

छठीमाइका नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रूपन्देही जिल्लाभरका साथै मुख्यतया भैरहवा, धकधई, बेथरी, मर्चवार, बुटवल, गैडहवा र आसपासका क्षेत्रका जलाशयमा धुमधामका साथ मनाउने गर्छन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिनसम्म विभिन्न विधि गर्दै मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ सोमबार देखि सुरु भएको छ । पहिलो दिन सोमबार व्रतालु नुहाई स्वच्छ सात्विक भोजन (खाना) गरेर ब्रत बसिन्छ, जसलाई अरबाइन वा अरबा पनि भनिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : ४७ बजे

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा

काठमाडौँमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ श्रेणीमा, अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ-मुना-ढोरपाटन निर्माणमा

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय