७ भदौ २०८३, आइतबार | August 23, 2026

सर्वोच्चका न्यायाधीस विभाजित ! इजलासमा फर्किए थप दुई न्यायाधीस



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीस सोमबर मुद्दा सुनुवाइमा सहभागी भएका छन् ।

बन्दीप्रत्यक्षीकरणको रिट मात्र सुनुवाइ गर्ने बताएका न्यायाधीसहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीसहरू कुमार चुडाल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी भएका छन् ।

ढुंगाना र रेग्मीले संयुक्त इजलासमा एउटा बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ थालेका छन् । यसअघि अर्का न्यायाधीस चुडालले त्यस्तै प्रकृतिको रिटमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन् ।

चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक एकवटा रिट पेसीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् ।

प्रधानन्यायाधीस जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीसलाई छोडेर रोलक्रममा कनिष्ठतम् न्यायाधीसहरूका लागि इजलास गठन गरेका थिए ।

जबराविरुद्ध आन्दोलन गरिरहेका न्यायाधीसलाई मुद्दा सुनुवाइ नछाड्न चर्को दवाव परिरहेको छ भने प्रधानन्यायाधीस आफुप्रति नरम देखिएका न्यायाधीसको इजलास तोकेर धमाधम मुद्दा सुनुवाइ अघि बढाउने रणनीतिमा छन् । उनको यही रणनीतिअनुसार सोमबरका लागि इजलास गठन भएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  २ : १९ बजे

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको