११ श्रावण २०८३, सोमबार | July 27, 2026

दाङ जीप दुर्घटना अपडेट : गम्भीर घाइतेलाई काठमाडौं लगियो



दाङ । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नं को यात्रुबहाक जीप दाङको बबई गाउँपालिका– २ एक्लेबरमा आज भएको दुर्घटनामा परी घाइतेमध्ये पार्वती वलीको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

त्यस्तै नौ जना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृतक सुनार गाडी मालिक हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार घाइते हुनेमा दङ्गीशरण गाउँपालिका–२ बस्ने ३० वर्र्षीया पार्वती वली, सल्यान कालीमाटी– ३ सिमलकुना बस्ने २८ वर्षीया रीता खत्री, सोही ठाउँका २९ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय खिमराज बुढाथोकी, बबई गाउँपालिका– २ बगाले बस्ने २३ वर्षीया पवित्रा ओली, उनका छोरा तीन वर्षीय दिनेश ओली, कालीमाटी– ३ कालाखोला बस्ने अन्दाजी ६ वर्षीय प्रशान्त राना, सोही ठाउँका ५६ वर्षीया प्रमिसा खत्री, बबई– २ बस्ने ३२ वर्षीया कमला बस्नेत रहेका छन् ।

त्यस्तै घाइतेमा तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने १० वर्षीय प्रशान्त खत्री, बाँके राप्ती सोनारी– ९ बस्ने ३५ वर्षीया पवित्रा बुढाथोकी, कालीमाटी– ३ बस्ने १७ वर्षीया सपना ओली, शान्तिनगर– ४ बस्ने ५५ वर्र्षीया खली ओली, बाँके कोहलपुर नगरपालिका– ४ बस्ने ३२ वर्षीया दिपा ओली, उनकी छोरी १५ वर्षीया सङ्गिता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी र बर्दिया बासगढी मोतिपुर बस्ने २८ वर्षीया सुशीला राणा रहेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरी बस्ने ६० वर्षीया बिम्पा खत्री, तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने २८ वर्षीया सोभा बुढाथोकी र उनका छोरा सात वर्षीय लोकेन्द्र बुढाथोकी रहेका छन् । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ४ : ०० बजे

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन