२२ बैशाख २०८१, शनिबार | May 4, 2024

क्रिकेट : २४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने



काठमाडौं । अस्ट्रेलियालाई क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कने भएको छ ।

सोमबार पाकिस्तान क्रिकेट बोर्डले अस्ट्रेलिया पाकिस्तान यात्रामा निस्कने तय भएको घोषणा गरेको हो । भ्रमण घोषणासँगै पाकिस्तान बोर्डले खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

मार्चमा हुने तय भएको भ्रमणमा अस्ट्रेलिया र पाकिस्तानबीच तीन टेस्ट, तीन एक दिवसीय (ओडीआई) तथा एक टी( २० खेल आयोजना हुनेछ ।

यसका लागि खेल स्थलसमेत तय भइसकेको छ । पहिलो टेस्ट क्रिकेट ३ देखि ७ मार्चसम्म कराँची, दोस्रो १२ देखि १६ मार्चसम्म रावलपिण्डी तथा २१ देखि २५ मार्चसम्म लाहोरमा आयोजना हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष रमिज राजाले भने, ‘अस्ट्रेलियालाई स्वागत गर्न पाउँदा खुसी छु । अस्ट्रेलिया एउटा राम्रो टोली हो, जुन टोली २४ वर्षपछि पहिलो पटक आउँदै छ । यो फ्यानका लागि विशेष उपहार हुनेछ ।’ राजाले अस्ट्रेलियाविरुद्ध आठ टेस्ट र १८ ओडीआई खेलेका छन् ।

यसअघि अस्ट्रेलियाली टोली सन् १९९८(९९ मा पाकिस्तान भ्रमणमा निस्किएको थियो ।

तालिका :
३-५ मार्च : पहिलो टेस्ट, कराँची
१२-१६ मार्च : दोस्रो टेस्ट, रावलपिण्डी
२१-२५ मार्च : तेस्रो टेस्ट, लाहोर

२९ मार्च : पहिलो ओडीआई, लाहोर
३१ मार्च : दोस्रो ओडीआई, लाहोर
२ अप्रिल स् तेस्रो ओडीआई, लाहोर

५ अप्रिल : टी- ट्वान्टी, लाहोर

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ४१ बजे

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।