६ बैशाख २०८१, बिहिबार | April 18, 2024

सात वर्षीया बालिकाको हत्या



कर्णाली । लेकबेँसी नगरपालिका-१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।

लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बालिका आइतबार बिहान १०ः०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो ।

खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : १४ बजे

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर

एन्फाका उपाध्यक्ष लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द