१० बैशाख २०८३, बिहिबार | April 23, 2026

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा



काठमाडौं । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार औषधि पसलको अनुगमनका क्रममा अधिकांश पसलले अनुमतिबिना नै सञ्चालन गरेको तथा केहीमा म्याद सकिएको औषधि पाइएपछि कारबाही गरिएको हो ।

औषधि बिक्रेता तथा वितरकले पसल तथा फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ ।विभागले लुक्सी भेट फर्मा कोटेश्वरलाई १५ दिन निलम्बन गरेको छ । यस्तै, गान्धी मनोहरा कम्युनिटी हेल्थ सेन्टर कागेश्वरी मनोहरालाई, सपनातीर्थ फार्मेसी टोखा र प्राकृतिक बाइपास फार्मेसीलाई १४÷१४ दिन र झोराली फार्मेसी, टोखा इमर्जेन्सी मेडिकल हललाई १०÷१० दिन निलम्बन गरिएको छ ।

यस्तैगरी, नन्दकृष्ण फार्मेसी, मेड स्टार सेन्टर प्रालि, मिली मेडिकल हल एन्ड डाइग्नोष्टिक सेन्टर, निकम मेडिकल हल, मेडिगोल्ड फार्मेसी, एटोर्मा फार्मेसी, विरसना गोर्खाली मेडिकल हल, कालिका फार्मेसी, सार्थक फार्मेसी, सुवेदी फार्मेसी, अनमोल फार्मेसी, सिद्धि फार्मेसी र खरिपाटी फार्मेसी भक्तपुरलाई ७÷७ दिन निलम्बन गरिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : ०५ बजे

कांग्रेस संसदीय दलको विधान पारित, नेता चयनका लागि भोलि निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा

सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन

काठमाडौं । अवदेखि देशभरका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी कार्यान्वयन हुने

स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटना, एक बालकको मृत्यु

काठमाडौं । प्युठानको धार्मिक स्थल स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री