१५ बैशाख २०८१, शनिबार | April 28, 2024

हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण समक्ष तीन स्थानका हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका हुन् ।

गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका उपरीक्षक प्रवीण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको रहेका छन् ।

छानबिन समितिले प्राप्त गरेको प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी प्रतिवेदनमा उल्लेख छ । कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ का २९ वर्षीय मोहम्म खहकिमले गरेको आत्महत्या, इलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासतमा भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते गरेको आत्महत्या र कारागार कार्यालय पर्वतमा जबरजस्ती करणी कसुरमा थुनामा रहेका बन्दी जिल्लाको फलेबास नगरपालिका–७का ५८ वर्षीय दुर्गाराज पाण्डेले झुण्डिएर गरेको आत्महत्याबारे अध्ययन समिति गठन गरिएको थियो ।

प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताए ।

समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदीबन्दीलाई मनोसामाजिक परामर्श, थुनुवालाई निःशुल्क कानूनी परामर्र्श, हिरासत कक्षमा सुरक्षा निगरानी, हिरासत कक्षमा राखिएका सीसीटिभीलाई रेकर्डिङ र अनुगमन व्यवस्थालगायत व्यवस्था गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : २३ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म