३० चैत्र २०८२, सोमबार | April 13, 2026

पाल्पा-बुटवल सडक खण्ड १५ रातका लागि बन्द



बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड मंसिर ६ गते सम्मका लागि रातीको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । सोमबारदेखि मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

ठेकेदार कम्पनीले रातको समयमा काम गर्न सवारी आवागमन बन्द गरिदिन निवेदन गरेको आधारमा सार्वजनिक तथा निजी सवारीको आवागमन बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए ।

लम्सालका अनुसार उक्त सडक खण्ड बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म गरी १५ रातसम्म बन्द हुने छ । सडक बिस्तारको काम जारी रहेपनि एम्बुलेन्स र सुरक्षाका सवारीसाधनलाई भने आवागमन गर्न दिईने लम्सालले बताए ।

बिहान ५ बजेबाट बेलुकी ९ बजेको अवधिमा भने सवारी साधन यथावत सञ्चालन हुने डिभिजन सडक कार्यालय पाल्पाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ४१ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्