१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पाल्पा-बुटवल सडक खण्ड १५ रातका लागि बन्द



बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड मंसिर ६ गते सम्मका लागि रातीको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । सोमबारदेखि मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

ठेकेदार कम्पनीले रातको समयमा काम गर्न सवारी आवागमन बन्द गरिदिन निवेदन गरेको आधारमा सार्वजनिक तथा निजी सवारीको आवागमन बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए ।

लम्सालका अनुसार उक्त सडक खण्ड बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म गरी १५ रातसम्म बन्द हुने छ । सडक बिस्तारको काम जारी रहेपनि एम्बुलेन्स र सुरक्षाका सवारीसाधनलाई भने आवागमन गर्न दिईने लम्सालले बताए ।

बिहान ५ बजेबाट बेलुकी ९ बजेको अवधिमा भने सवारी साधन यथावत सञ्चालन हुने डिभिजन सडक कार्यालय पाल्पाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ४१ बजे

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय