७ चैत्र २०८२, शनिबार | March 21, 2026

मानेभन्ज्याङमा सुख्खा पहिराे: बस्ती जाेखिममा, दूधकोसी थुनिँदै



ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-३ स्थित दुधकोसी करिडोर सडक खण्डमा गएको सुख्खा पहिरोले दूधकोसी थुनिएर बस्ती नै जोखिममा परेको छ ।

उँबुको चुने भन्ने ठाउँ नजिकै २० दिन पहिले सुख्खा पहिरो जान सुरु भएको हो । दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको स्थानीयले बताए । उक्त पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।

एक साताअघिसम्म भीषण रूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । पहिरोबाट झरेको ढुंगा-माटो सिधै दूधकोसी नदीमा खसेका कारण नदीको पानीको बहावसमेत केही मात्रामा रोकेको छ । दूधकोसी करिडोरअन्तर्गत जयरामघाट-मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न सुरु गरेको स्थानीयको भनाइ छ । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुल गाउँसम्मै आइपुग्ने गरेको स्थानीय कल्याण राईले बताए ।

स्थानीयका अनुसार पहिरोका कारण मानेभन्ज्याङ गाउँपालिका- ६ मा पर्ने रिब्दोम गाउँका करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीय र केटाकेटीहरू विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायतका गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिरोको शिरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य छन् ।

पहिरोबाट झरेको ढुंगा-माटोले दूधकोसी नदीको करिब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जंगल पसेर बग्न थालेको छ । यस ठाउँमा पहिले पहिरो नभएकाले सडक खनेकै कारण पहिरो सुरु भएको स्थानीयको अनुमान छ ।

पहिरोबारे स्थानीय सरकारले बेवास्ता गरेको सरोकारवालाको गुनासो छ । स्थानीय विपद् व्यवस्थापन समितिमा यसबारे छलफलसमेत नभएको र जिल्लाको समितिले समेत पहिरोको जोखिमबारे चासो नदिएको पहिरो प्रभावितको गुनासो छ ।

पहिरोको जोखिमबारे सोध्दा मानेभन्ज्याङ-३ उँबुका अध्यक्ष मेडल राईले पहिरोबारे आफूले सुनेको बताए । उनले भने, ‘यसबारे जानकारी आएको छ, म पुग्न सकेको छैन । फेसबुकमा आएका तस्बीर हेर्दा दूधकोसीको धार नै परिवर्तन भएको छ ।’ उनले यसबारे अध्ययन गर्ने बताए पनि पहिरो नियन्त्रणबाहिर गएको जनाए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : ४८ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका