७ आश्विन २०८३, बुधबार | September 23, 2026

बझाङ पहिरो अपडेट : एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता



बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेस गाउँमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।

शुक्रबार अविरल वर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु र ४ जना बेपत्ता भएको स्थानीय कलश बोहराले जानकारी दिनुभयो ।

पहिरोले पुरिएर केदारस्युँ गाउँपालिका ८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको उहाको भनाइ छ ।

अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर पुरेको छ । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसको बिचल्ली भएको छ । खोला किनारमा रहेको बाटोमा बाढी आएका कारण घटनास्थलमा प्रहरी पुग्न नसकेको डिएसपी गणेश बमले जानकारी दिनुभयो । स्थानीयहरुले बेपत्ताहरुको खोजिकार्य गरीरहेका छन ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १२ : ४० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई