२४ बैशाख २०८१, सोमबार | May 6, 2024

दोर्दी-१ निर्माणकाे काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने



लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माणधीन १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेपनि गत असार १ गते आएको बाढीले आयोजनाको डिसान्डरको सुरक्षित पर्खाल, स्टिलिङ बेसीनमा क्षति पुगेको कम्पनीले जनाएको छ ।

आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना निर्माणको काम सकिएको आयोजना प्रबन्धक उज्वल सिलवालले बताए । उनका अनुसार विद्युतगृहको काम पनि अन्तिम चरणमा पुगेको छ ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको थियो । तर, गत असारमा आएको बाढी पसेर मेसिन हलनै ढुवानमा परेको थियो । अहिले इलेक्ट्रोमेकानिकल उपकरण सफा गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो । तर कोरोना र बाढीका कारण निर्माण अवधि पछाडि धकेलिएको छ । अब आयोजनाको सबै काम पूरा गरेर पुसभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाको ७ सय ३५ मिटर पेनस्टक पाइपमध्ये २५ मिटर पाइप जडान हुन बाँकी रहेको प्रमुख सिलवालले बताए ।

प्रमुख सिलवालले भने आयोजना आफैले सबस्टेसनसम्म आवश्यक पर्ने साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

आयोजनाले प्रसारण लाइनको १५ वटा टावर निर्माण पनि गरीसकेको छ । ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ०२ बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक