२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

छठका लागि बेहुली झै सिंगारिदै पोखरी



सप्तरी । छठ पर्वका लागि सप्तरीका पोखरीहरू बेहुली झै सिंगारिदै छ । तराई मधेसमा श्रद्धा र भक्तिको साथ चार दिन मनाईने छठ पर्वका लागि पोखरीको घाटहरू सरसफाइ गरेर बेहुली जस्तै श्रृङ्गारिदै छ ।

छठ पर्वका लागि भाई टिकाको भोलिपल्ट देखि नै आफ्नो पायक पर्ने पोखरी ,तलाउ ,नदि लगायत स्थानहरू सफा सुग्घर गरेर श्रृङ्गार्न व्यस्त रहेको राजविराज ७ की बबिता साहले बताईन् ।

उनले भनिन् ,´पोखरी तलाउ सफा गर्ने नैसमय नै वर्षको एक पटक छठ पर्वको समय नै हो।यति बेला यसलाई सफा गरेर चिटिक्क पारिन्छ ।
छठमा सामान राख्ने स्थल आ आफ्नो घाटलाई बेहुली झै सिंगार्ने चलन छ। घाँटक‍ो तयारी अन्तिम चरणमा पुगेको राजविराज ७ का प्रकाश साहले बताए ।

उनले थपे,´  आज बेलुकी उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने हुनाले २ बजेसम्म सबैको घाँट बनाउने काम सम्पन्न हुन्छ ।
गत वर्ष कोभिड १९ कोरोना भाईरसका कारण घर घरमै खाल्डो खनी,आरीमा छठ पर्व मनाएका थिए ।
यस वर्ष पुनः पोखरी सामुहिक रूपमा छठ पर्व गर्न पाउँदा सर्वसाधारण हर्षित छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : २५ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो