११ बैशाख २०८१, मंगलबार | April 24, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, बेलकाले गठन गर्‍यो छानबिन समिति



उदयपुर । उदयपुरको बेलका नगरपालिका-४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितताको समाचार बिभिन्न सञ्चारमाध्यममा आएपछि नगरपालिकाले नगरस्तरीय निर्णय गरेर लेखा समितिलाई छानबिन गर्ने जिम्मा दिएको हो ।

मेयर दुर्गाकुमार थापाले नगरपालिकाको लेखा समितिका संयोजक तथा वडा नम्बर ९ का वडाध्यक्ष मोहन घिमिरेको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन भएको जानकारी दिए । सदस्यमा कुमारी अधिकारी र पुन्यवती रेग्मी रहेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन प्रेस गर्न भनिएको छ ।

बेलका नगरपालिकाले वडा कार्यालयको रोहबरमा उपभोक्ता समिति गठन गरी सूचीकृत श्रमिकलाई काममा लगाएको बताउँदै आएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ र युवा रोजगारीका लागि रुपान्तरण पहल योजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम १ हजार १ सय १ बेरोजगार छनोट गरिएको उल्लेख गरिएको छ ।

बेलका नगरपालिकामा गत आर्थिक वर्ष ०७७/०७८ मा २८ वटा योजनाका लागि १ करोड ४९ लाख ६४ हजार विनियोजन गरेको थियो । जसमध्ये २ सय २० जना श्रमिकको नाममा ९७ लाख ५० हजार ८ सय २८ रुपैया भुक्तानी भएको नगरपालिकाले जनाएको छ ।

तर, श्रमिकका नाममा कीर्ते बिल भपाई बनाएर अनियमितता भएको समाचार सार्वजनिक भएपछि छानबिन समिति गठन भएको हो । तीन वटा योजनाका लागि बिनियोजन भएको रकम काम नै नगरिकन उपभोक्ता समितिले र कर्मचारीको मिलेमत्तोमा किर्ते बिल भपाई बनाएर निकासा गरिएको भेटिएको छ । कुल १९ लाख ६४ हजार ६ सय रुपैया बिनियोजन भएको मध्ये १३ लाख २० हजार ६ सय ५३ रुपैया काम नै नगरिकन किर्ते बिल भपाई पेश गरि निकास गरेर खाएको भेटिएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : ४१ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना