२१ चैत्र २०८२, शनिबार | April 5, 2026

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, बेलकाले गठन गर्‍यो छानबिन समिति



उदयपुर । उदयपुरको बेलका नगरपालिका-४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितताको समाचार बिभिन्न सञ्चारमाध्यममा आएपछि नगरपालिकाले नगरस्तरीय निर्णय गरेर लेखा समितिलाई छानबिन गर्ने जिम्मा दिएको हो ।

मेयर दुर्गाकुमार थापाले नगरपालिकाको लेखा समितिका संयोजक तथा वडा नम्बर ९ का वडाध्यक्ष मोहन घिमिरेको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन भएको जानकारी दिए । सदस्यमा कुमारी अधिकारी र पुन्यवती रेग्मी रहेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन प्रेस गर्न भनिएको छ ।

बेलका नगरपालिकाले वडा कार्यालयको रोहबरमा उपभोक्ता समिति गठन गरी सूचीकृत श्रमिकलाई काममा लगाएको बताउँदै आएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ र युवा रोजगारीका लागि रुपान्तरण पहल योजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम १ हजार १ सय १ बेरोजगार छनोट गरिएको उल्लेख गरिएको छ ।

बेलका नगरपालिकामा गत आर्थिक वर्ष ०७७/०७८ मा २८ वटा योजनाका लागि १ करोड ४९ लाख ६४ हजार विनियोजन गरेको थियो । जसमध्ये २ सय २० जना श्रमिकको नाममा ९७ लाख ५० हजार ८ सय २८ रुपैया भुक्तानी भएको नगरपालिकाले जनाएको छ ।

तर, श्रमिकका नाममा कीर्ते बिल भपाई बनाएर अनियमितता भएको समाचार सार्वजनिक भएपछि छानबिन समिति गठन भएको हो । तीन वटा योजनाका लागि बिनियोजन भएको रकम काम नै नगरिकन उपभोक्ता समितिले र कर्मचारीको मिलेमत्तोमा किर्ते बिल भपाई बनाएर निकासा गरिएको भेटिएको छ । कुल १९ लाख ६४ हजार ६ सय रुपैया बिनियोजन भएको मध्ये १३ लाख २० हजार ६ सय ५३ रुपैया काम नै नगरिकन किर्ते बिल भपाई पेश गरि निकास गरेर खाएको भेटिएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : ४१ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा