५ पुस २०८२, शनिबार | December 20, 2025

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा १ घन्टा चक्काजाम



बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीले १ घन्टा चक्काजाम गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै फिर्ता गर्ने मागसहित अनेरास्ववियु शुक्रबार बिहानै सडकमा उत्रिएका हुन ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै एमाले निकट अनेरास्वबियु रुपन्देहीले मूल्यवृद्धि तुरुन्त फिर्ताको माग गरेको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिए । विरोधस्वरुप बिहान ९ बजेदेखि १० बजेसम्म १ घन्टा राजमार्ग बन्द गरेको अनेरास्ववियु रुपन्देहीका सचिव तथा प्रचार बिभाग प्रमुख प्रकाश पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ९ : ५१ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन