१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

वर्षाले अन्नबालीमा मात्रै बैतडीमा दुई करोड बढीको क्षति



बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो ।

जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिगास , शिवनाथ,सुर्नया, दोगडाकेदार गाउँपालिका र दशरथचन्द र पाटन नगरपालिकाबाट सङ्कलित बन्नबाली क्षतिको तथ्याङ्कअनुसार एक हजार ३२० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको हो ।

जिल्लाका अन्य स्थानीय तहहरुमा भएको क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, “वर्षाले आवातजावत गर्न बाटोसमेत नहुँदा क्षतिको विवरण सङ्कलन गर्न ढिलाई भएको हो ।” जिल्लाको सिगासमा सबैभन्दा बढी क्षति भएको जनाइएको छ । सिगासको ढुङ्गाड र थलाकडामा मात्रै एक हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति गुगेको जिप्रकाले जनाएको छ । यसका साथै क्षतिको विवरण सङ्कलन भएका स्थानीय तहहरुमा ३० घरमा पूर्ण र ४५ घरमा आंसिक क्षति पुगेको छ । यस्तै तीन वटा झोलुङ्गे पुल, दुई विद्यालय, २४ सिँचाइ आयोजना, १५ सडकमा क्षति पुगेको छ । भौतिक संरचना गरेर यहाँ एक अर्ब बढीको क्षति भएको अनुमान गरिएको छ ।

तथ्याङ्क सङ्कलन काम सम्पन्न गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइने जनाइएको छ । किसानले भित्र्याउन नपाएको धानबालीमा क्षति पुगेको हो । धान उत्पादनको पकेट क्षेत्रमा नै अन्नबालीमा ठूलो क्षति भएपछि भोकमरी हुने भन्दै किसान चिन्तित भएका छन् । उक्त वर्षाका कारण पहिरोले घर पुरिँदा जिल्लाको शिवनाथका तीन र सुर्नयाका एक जनाको ज्यानसमेत गएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १० : ५८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले