१२ आश्विन २०८३, सोमबार | September 28, 2026

अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान



काठमाडौं । टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अष्ट्रेलियाबीच हुँदै छ । बिहीबारको विजेता टोलीले फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ । इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

फाइनल खेल १४ नोभेम्बरमा हुनेछ । सन् २०१० मा वेस्टइण्डिजमा भएको टी-ट्वान्टी विश्वकपको सेमिफाइन लमा पनि यी दुई टोलीबीच खेल भएको थियो । सुरुवातमा पाकिस्तानले दबदबा कायम राखे पनि अन्तमा पराजित भएको थियो ।

माइक हसीले अष्ट्रेलियालाई जित दिलाउन अतुलनीय इनिङ्स खेलेर पाकिस्तानको लगातार दोस्रो टी-ट्वान्टी विश्वकप जित्ने सपना चक्नाचुर पारिदिएका थिए । अष्ट्रेलिया आईसीसी प्रतियोगिताको नकआउटमा पाकिस्तानसँग कहिल्यै हारेको छैन ।

यो कीर्तिमानलाई आरोन फिन्चले नेतृत्व गरिरहेको अष्ट्रेलियाले निरन्तरता दिन चाहन्छ । हुन त यस विश्वकपमा पाकिस्तानले धेरै पुराना कीर्तिमानलाई भंग गरेको छ । पकिस्तानले टी-ट्वान्टी विश्वकपमा पहिलो पटक भारतलाई हराएर इतिहाससमेत रचेको थियो ।

लयमा अष्ट्रेलिया

यस पटकको विश्वकपमा अष्ट्रेलिया लयमा छ । समूह चरणमा एक खेलमा पराजित भएको अष्ट्रेलियाले समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

फिन्च र डेभिड वार्नर यो विश्वकपमा राम्रो प्रदर्शन गरिरहेका छन्। पाकिस्तानसँगको खेलमा पनि उनीहरू टीमको प्रमुख हिस्सा बन्ने छन् । मिचेल मार्सले पनि सुरुवाती खेलमा हार व्यहोरेपछि फर्ममा फर्किने संकेत देखाएका छन् ।

तीव्र गतिका बलर मिचेल स्टार्कले पनि अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने लेग स्पिनर एडम जाम्पाले पनि बलियो प्रदर्शन गरिरहेका छन् ।

अपराजित पाकिस्तान

पाकिस्तान विगत डेढ दशकदेखि युएईमा लगभग अपराजित छ । प्रतियोगितामा अहिलेसम्म कुनै खेल नहार्ने एकमात्र टोली हो, पाकिस्तान । अष्ट्रेलियालाई हराएर पाकिस्तान अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । तीव्र गतिका शाहिन शाह अफ्रिदीले बलर विपक्षी ब्याट्सम्यानको ब्याटिङलाई धरासायी बनाइरहेका छन् । इनिङ्सको सुरुवात गरे भने हरिस रउफले रन बनाउन दिइरहेका छैनन् ।

ब्याटिङमा मोहम्मद रिजवान र बाबर आजम उत्कृष्ट लयमा छन् । शोएब मलिक र आसिफ अलीले इनिङ्सको प्रभावकारी अन्त्य गरिरहेका छन् । तर, शोएब मलिक र मोहम्मद रिजवान बिरामी भएको खबर छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  २ : २३ बजे

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव

देउवा कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ३० हजार शुल्क, कुन पदमा कति ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको

सेयर बजार १६ अंकभन्दा बढीले घट्यो, कारोबार ५ अर्ब ३८ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ । मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध