१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

जंगलको बीचमा व्यावसायिक बाख्रापालन



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार दाल्फुका किसान भलराज राईले जंगलबीचमा बाख्रा फार्म सञ्चालन गरेका छन् । गाउँमै स्वरोजगार बन्दै आर्थिक आयआर्जनका लागि राईले सात वर्षअघिदेखि फिर्कुखोला नजिकै पर्ने धगेर्नी पाखाको जंगलबिचमा रहेको खेतमा बाख्रा पालन सुरु गरेका हुन् ।

उनले धगेर्नी पाखामा बाँझो खेत किनेर धान खेतीसँगै बाख्रा पालन सुरु गरेका हुन् । उनको स्थायी बसोबास माथि गाउँमा छ । तर, गाउँबाटै आधा घण्टा तल पर्ने बेँसीमा पालिएको बाख्रालाई घाँसपानी र गोठालाको काम भ्याउने गरेका छन् । उनको बाख्रा पालनमा छोरा नविन, रविनलगायतको साथ छ । बाख्रा पालनबाट वार्षिक एक लाखको हाराहारीमा आम्दानी भइरहेको रविनले बताए ।

२४ वर्षीय युवा किसान दिपेश राई ९बम्बू०ले पनि फिर्कुमा व्यावसायिक रूपमा बाख्रा पालन गरिरहेका छन् । दिपेशले भलराजसँगै सल्लाह गरेर २०७०/०७१ देखि व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेका हुन् । बाख्रा पालनबाटै घर खर्च चलाउन र सामान्य बचत गर्न पुगेको दिपेशले बताए । उनीहरूले गोठबाट छरसात महिनाको बोको र पठ्याङ्ग्री बिक्री गर्ने गरेका छन् । खसी पाल्दा दानाले धान्न गार्‍हो हुने भएकाले बोको र पठेक्री विक्री गर्ने गरिएको दिपेशले बताए ।

‘गर्दा हुँदो रहेछ । बाख्रा पालनबाट खान, लाउन र दुई चार रुपैयाँ खल्तीमा राख्न समस्या छैन’, दिपेशले भने, ‘घरैमा बसीबसी वर्षमा एक लाखको हाराहारीमा आम्दानी हुन्छ । पाँचरसात महिनाको बोको १२र१५ हजारमा बिक्री हुन्छ । मेहनत गर्न सके दुईरचार पैसा कमाउन टाढा जान पर्दैन रहेछ ।’

गाउँका अधिकांश स्थानीय मजदुरीको काम खोज्दै दिक्तेल, ओखलढुंगा, सोलुखुम्बुलगायतका ठाउँमा पुग्छन् । आफ्नो गाउँका साथीभाई गाउँ बाहिर गएर मजदुरी काम गरिरहँदा भलराज र दिपेशका परिवार भने फिर्कु खोला आसपासका जंगलमा बाख्रा चराइरहेका हुन्छन् । रुखमा चढेर डाले घाँस झारिरहेका हुन्छन् ।

च्यास्मीटारको फिर्कु पाखा, धगेर्नी पाखा, पादरेपाखा, गुर्दम, रातोडाँडा, टुटुंगे लगायतका क्षेत्र बाख्रा पालनका लागि उपयुक्त स्थान मानिन्छ । बिराली लहरा, हाडे, धयाँरी लगायतका घाँस प्रशस्त पाईने ठाउँमा उनीहरुले बाख्रा पालन सुरु गरेका हुन् । उनीहरू बाख्रा चराउन करिब तीनरचार किलोमिटर टाढा पर्ने दुधकोसीसम्म पुग्ने गरेका छन् । बाख्रा चराएर फर्कँदा डाले घाँसको भारी लिएर फर्कने गरेका छन् । उनीहरूको आम्दानी देखेर बाख्रा पालनमा आकर्षित हुने स्थानीयको संख्या पनि बढ्दो छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  २ : ३९ बजे

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ