१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रक्सी खाएर होहल्ला गर्ने कांग्रेस गाउँ समिति सभापति पक्राउ



कपिलवस्तु । रक्सीको नशामा होहल्ला गर्ने नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादवलाई प्रहरीले नियन्त्रण लिएको छ । विजयनगर गाउँपालिका-६ खरेनी चोकमा यादवले स्थानीयसँग झगडा गरेको प्रहरीले जनाएको छ ।

पदको धम्की दिँदै झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार राति ९ बजे तिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगेपछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए । यादवले प्रहरी निरीक्षक रणबहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागेपछि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा पुराएको प्रहरीले जनाएको छ ।

प्रहरीले राजनीतिक दबाबका कारण उनलाई एक घण्टा भित्रै नियन्त्रण मुक्त गरेको थियो । यादवलाई नियन्त्रणमा लिई छाडेको प्रहरी निरीक्षक विष्टले स्वीकार गरेका छन् ।

पक्राउ परेका यादव नेपाली कांग्रेसको असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी भएका थिए । उनी गौतम बुद्ध साझेदारी वनका अध्यक्ष समेत हुन् ।

घटनाको विषयमा सभापति यादवसँग सोधपुछ गर्दा गलत आरोपमा फसाएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : ३६ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको