७ आश्विन २०८३, बुधबार | September 23, 2026

रक्सी खाएर होहल्ला गर्ने कांग्रेस गाउँ समिति सभापति पक्राउ



कपिलवस्तु । रक्सीको नशामा होहल्ला गर्ने नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादवलाई प्रहरीले नियन्त्रण लिएको छ । विजयनगर गाउँपालिका-६ खरेनी चोकमा यादवले स्थानीयसँग झगडा गरेको प्रहरीले जनाएको छ ।

पदको धम्की दिँदै झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार राति ९ बजे तिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगेपछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए । यादवले प्रहरी निरीक्षक रणबहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागेपछि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा पुराएको प्रहरीले जनाएको छ ।

प्रहरीले राजनीतिक दबाबका कारण उनलाई एक घण्टा भित्रै नियन्त्रण मुक्त गरेको थियो । यादवलाई नियन्त्रणमा लिई छाडेको प्रहरी निरीक्षक विष्टले स्वीकार गरेका छन् ।

पक्राउ परेका यादव नेपाली कांग्रेसको असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी भएका थिए । उनी गौतम बुद्ध साझेदारी वनका अध्यक्ष समेत हुन् ।

घटनाको विषयमा सभापति यादवसँग सोधपुछ गर्दा गलत आरोपमा फसाएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : ३६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११