२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बैतडीका प्रसिद्ध धाममा जात्रा हुँदै



बैतडी । बैतडीको सुर्नया गाउँपालिका-४ स्थित सनसेरीमाण्डौं मन्दिरमा लागेको जात्रा भव्य रूपले सम्पन्न भएको छ । बुधबार साँझदेखि लागेको जात्रा बिहीबार बिहान सम्पन्न भएको मन्दिरका पुजारी विष्णुदत्त भट्टले बताए । रातिको समयमा दर्शनार्थीको उपस्थिति बढी हुने गरेको उनले बताए ।

जात्रामा सुर्नया गाउँपालिका सहित जिल्लाभरिबाट दर्शनार्थी आउने र बसाई सरेका व्यक्तिसमेत जात्राका लागि घर फर्किने गरेको स्थानीय गणेशबहादुर महराले बताए । रौलाकेदार धाममा समेत भव्य जात्रा लाग्ने उनले बताए । रौलाकेदार धामको जात्रामा उपस्थित भई दर्शन गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

यस धाममा हरेक तीन वर्षमा जात्रा लाग्ने गर्दछ । उक्त जात्रामा सीमावर्ती भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

विभिन्न ठाउँबाट बाजागाजासहित भक्तजन रौलाकेदार धाममा पुग्ने गरेको स्थानीय सुरेश महराले बताए । भक्तजन राति धाममै बास बसेर भोलिपल्ट स्नान गरी घर फर्कने गरेको उनले बताए ।

यसैगरी सुर्नया गाउँपालिका-८ स्थित गुफा केदार मन्दिरमा बुधबार भव्य जात्रा लागेको छ । उक्त मन्दिरको जात्रा सम्पन्न भएपछि बिहीबार गलिनाथ मन्दीर र शुक्रबार भूमिराज मन्दिरमा जात्रा लाग्ने पुजारी विनोद अवस्थीले बताए । गुफाकेदार मन्दिर यस क्षेत्रको प्रसिद्ध धार्मिक स्थल भए पनि प्रचार प्रसारको अभावले ओझेलमा परेको उनले बताए ।

गुफा केदारमा दर्शन गर्न आउने व्यक्तिको मनोकामना पुरा हुने जनविश्वास रहेको अवस्थीले बताए । अवस्थीले भने, ‘यस मन्दिरमा भाकल लिएर आउने दर्शनार्थीको मनोकामना पूर्ण हुन्छ । निःसन्तानलाई सन्तान र निर्धनलाई धन सम्पत्ति दिन्छ भन्ने विश्वास छ । त्यो भाकल लिएर आएको कयौं व्यक्तिको भाकल पुरा भएको छ ।’

भूमिराज मन्दिरमा लाग्ने जात्रामा १ सय ५० बढी बोकाको बलि दिइने पुजारी अवस्थीले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ३६ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच