२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सेवा विस्तारमा आक्रामक फड्को मार्दै नेपाल वायुसेवा निगम



काठमाडौं । पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले छिटै विभिन्न १० अन्तर्राष्ट्रिय गन्तव्यमा थप उडान भर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिट्टै संसारका विभिन्न १० वटा नयाँ गन्तव्यमा थप उडान भर्ने निर्णय गरेको हो ।

निगमका अनुसार आगामी केही दिनमा हाल काठमाडौं उडान भरिरहेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी थाई एयरवेजसँगको सहकार्यमा काठमाडौं-बैंकक-सियोलदेखि काठमाडौं-बैंकक-सिड्नीसम्मको उडान भर्ने भएको हो । निगमले थाई एयरका साथै अन्य विभिन्न तीनवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू अल निप्पोन एयरलाइसन्स, कुवेत एयरलाइसन्स र इमिरेट्स एयरलाइन्ससँग सहकार्य गरी आफ्नो अन्तर्राष्ट्रिय उडान विस्तारका लागि सम्झौता गरेको जानकारी दिएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले यस्तो जानकारी गराएकी हुन् । उनले निगमले गरेको यस्तो निणर्यबाट अब १ अर्का वायुसेवाहरूको गन्तब्य रुटमा यात्रा गर्ने हवाई यात्रुहरूलाई सेवा प्रदान गर्न थप सहज हुने अपेक्षा गरिएको बताइन् ।

निगमले हालै सम्पन्न गरेका सम्झौताहरूबाट युरोपका विभिन्न सहरहरू, अस्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा यस प्रकारको सेवा प्रदान गर्न सकिने उनको भनाइ छ । उनले सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी भएको यस्तो सम्झौतामार्फत अब काठमाडौंबाट विभिन्न गन्तव्यमा यात्रा यर्ने यात्रुलाई थप सहजता हुने बताइन् ।

यसले आगामी दिनमा निगमलाई थप आयआर्जन हुनुको साथै अन्तर्राष्ट्रिय बजारमा निगमको शाख अभिवृद्धि हुने दाबी गर्दै निगमकी प्रवक्ता श्रेष्ठले भनिन, ‘निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीहरूमार्फत अब यस प्रकारका टिकटहरू सहजै प्राप्त गर्न सकिनेछ ।’

यसैगरी, उनले यी १० वटा गन्तव्यहरूसँगै निगमले बिस्तारै आगामी दिनमा काठमाडौंबाट अमेरिकाका विभिन्न सहरहरूमा समेत यसप्रकारको सम्झौताबाट यात्रुहरूलाई सेवा प्रदान गर्न अन्य विभिन्न वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेको पनि जानकारी गराइन्छ । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ५२ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल