४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाजुरामा जीपको भाडा निर्धारण, बढी लिए कारबाही



मार्तडी । बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ ।

जीप व्यवसायीहरुले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीहरुको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

यहाँका साँफे-मार्तडी राजमार्ग, मार्तडी-कोल्टी, कोल्टी-कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

उनका अनुसार जिल्लाका विभिन्न सडकमा चल्ने जीपले यात्रुबाट चर्को भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीहरुसँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो । यहाँका पूर्वी तथा उत्तरी भेगका कोल्टी-मार्तडीमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनको प्रतिकिलोमिटर रु १८ का दरले रु ७५० भाडा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार कोल्टीबाट कवाडी, धुलाचौर, पिलुचौर र जुड्डीसम्म चल्ने सवारीसाधनले प्रतिकिलोमिटर रु १५ का दरले भाडा लिने यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमति भएको छ ।

साँफे-मार्तडी-कोल्टी सडक सञ्चालनमा आइरहेकाले कोल्टी वा सो भेगका इन्धन व्यवसायीले सम्भव भएसम्म साँफे बगरबाट इन्धनरपेट्रोलरडिजेल ल्याउने तथा मार्तडीमा कायम भएको मूल्यभन्दा प्रतिलिटर रु १५ सम्म बढी शुल्क लिई बिक्री गर्न पाउने निर्णय भएको उनले बताए ।

प्रशासनले निर्धारण गरेको भाडादरभन्दा बढी लिएको पाइएमा व्यवसायीलाई कानुनी कारबाही गर्ने सूचना अधिकारी भण्डारीले बताए ।

यस्तै डिजेलरपेट्रोलमा पनि तोकिएकोभन्दा बढी मूल्य लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाजुराले पटक-पटक राजमार्ग र ग्रामीण सडकमा सञ्चालन हुने जीपहरुको भाडादर तोकेको भए पनि जीप व्यवसायीहरुले यात्रुबाट चर्को भाडा लिन छोडेका छैनन । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको