२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

सभामुख सापकोटाको आरोप : अमेरिका ट्रम्प र नेपालमा ओलीले डेमोक्रेसी ढाल्न खोजे



काभ्रे । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकामा डोनाल्ड ट्रम्प र नेपालमा केपी ओलीले डेमोक्रेसी ढाल्न खोजेको आरोप लगाएका छन् । काभ्रेको धुलिखेलमा शुक्रबार आयोजित संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकामा सिस्टमले डेमोक्रेसी बचाएको, तर नेपालमा सिस्टम नहुँदा लड्नुपरेको बताए ।

‘ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर सिस्टमले बचायो’, उनले भने, ‘तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं । नेपाली जनताको सन्तुलित भूमिकाले अहिलेको स्थितिमा छौं । सिस्टम बसेको भए यति हुँदैनथ्यो । सिस्टम बसाल्ने प्रयास गरिरहेका छौं ।’

सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खोजेको प्रयासका रूपमा अर्थ्याए । यसमा उनले ट्रम्पको उदाहरण दिएका हुन् ।

उनले ५ पुस (प्रतिनिधिसभा विघटन)देखि २८ असार (दोस्रोपटक संसद पुनर्स्थापना) सम्मका दिन आफ्ना लागि सिक्ने विश्वविद्यालय भएको टिप्पणी समेत गरे । ‘पाठ सिक्नु महत्वपूर्ण छ । धेरै सामग्री प्राप्त भएको छ’, उनले भने, ‘भोलि दर्शन र इतिहासका विद्यार्थीलाई रोचक हुनेछ ।’

सभामुख सापकोटाले संसद पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण नपाएको गुनासो गरे । ‘मैले रचनात्मक प्रदर्शन गर्न सकेको छैन । वातावरण पाएको छैन’, उनले भने, ‘कति हुन्छ समन्वयात्मक भूमिका खेल्छु ।’

लोकतन्त्रको आत्मा संसद भएको बताउँदै सापकोटाले लोकतन्त्रलाई कसरी अभ्यास गर्ने भन्ने महत्वपुर्ण भएको बताए । ‘संसद सबैभन्दा प्रभावकारी र शक्तिशाली निकाय हुनुपर्छ । सबैको जन्म संसदबाट हुन्छ । प्रम, राष्ट्रपति, सभामुख, राष्ट्रिसभा अध्यक्षको जन्म हुन्छ । लोकतन्त्र जीवन्त राख्ने महत्वपुर्ण निकाय हो । यो लोकतन्त्रको अभ्यास हो । राम्रो अभ्यास गरे सफल हुन्छ ’, उनले भने ।

सभामुख सापकोटाले कानुन निर्माण गुणस्तरीय र जनताको हितमा हुनुपर्नेमा जोड दिए । कार्यान्वनयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : १६ बजे

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना