७ श्रावण २०८३, बिहिबार | July 23, 2026

न्यायालय विवाद : ‘जनताले न्याय पाउने हक कुण्ठित’



काठमाडौं । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सर्वोच्च अदालतको संकटका कारण जनताले न्याय पाउने हक कुण्ठित भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कात्तिक ८ गतेदेखि सुरु भएको आन्दोलनप्रति चासो र चिन्ता व्यक्त गरेको हो ।

सर्वोच्च अदालतका १९ न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा हुनु र इजलास नलाग्दा न्यायको हक कुण्ठित भएको विज्ञप्तिमा उल्लेख गरेको छ । गत कात्तिक ८ गते प्रधानन्यायाधीश राणाले आह्वान गरेको अदालतको पूर्ण बैठकलाई बहिष्कार गर्दै न्यायाधीशहरूले न्यायपालिकाको स्वतन्त्रता र अखण्डतालाई कमजोर बनाएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने माग राखेको कुरा पनि उनीहरूले स्मरण गरेका छन् ।

ह्युमन राइट्स वाचका दक्षिण एसिया निर्देशक मीनाक्षी गांगुलीले भनिन्, ‘नेपालमा मानवअधिकार र कानुनको शासन कायम राख्न सर्वोच्च अदालतको महत्वपूर्ण भूमिका छ, जसले न्याय प्रक्रियाका लागि यो संकटलाई अत्यन्तै चिन्ताजनक बनाउँछ ।’

सर्वोच्च अदालतका न्यायाधीशको बहिष्कारपछि नेपाल बार एसोसियसन (एनबीए)ले पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेको उल्लेख गर्दै उनीहरूले प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बारको कार्यक्रमले थप पीडित हुनुपर्ने देखिएको बताएका छन् । ‘नोभेम्बर ११ मा सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न प्रहरीले रोक्दा नेपाल बारका केही सदस्य घाइते भए । यही घटनाको विरोधमा नोभेम्बर १२ मा सर्वोच्च अदालतको गेटमा धर्ना दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान संकट न्यायिक सुधारका लागि बढ्दो आह्वानका बीचमा आएको छ ।’

गत असारमा सर्वोच्च अदालतले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन गरेको समितिले न्यायपालिकामा रहेका कैयौं समस्या पहिचान गरी प्रतिवेदन बुझाएको तर सर्वोच्चले प्रतिवेदनको पूर्ण संस्करण सार्वजनिक गर्न वा योजना पेस गर्न नसकेको विज्ञप्तिमा उल्लेख छ ।

‘न्यायिक अखण्डता र स्वतन्त्रताबिना, सर्वोच्च अदालतको भूमिका उल्लेखनीय रूपमा कमजोर हुनेछ, जसले मानवअधिकार र कानुनी शासनको रक्षा गर्ने आफ्नो संवैधानिक दायित्वलाई कायम राख्न असमर्थ हुनेछ,’ आईसीजेका वरिष्ठ अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार मन्दिरा शर्माले भनिन्, ‘प्रधानन्यायाधीशविरुद्ध कानुनी शासनअनुरूप निष्पक्ष प्रक्रियाबाट छानबिन गरी सम्बोधन गर्नुपर्छ ।’

संविधानको धारा १०१ बमोजिम प्रतिनिधि सभाको एक चौथाइ सदस्यले महाअभियोग प्रस्ताव दर्ता गरेमा महाअभियोग अघि बढाउने आधार छ कि छैन भनी संसद् सदस्यहरूको ११ सदस्यीय महाअभियोग सिफारिस समितिले छानबिन गर्ने उनको भनाइ छ ।

‘विधिको शासनमा आधारित प्रणाली र मानवअधिकारको सम्मानको जग भनेकै स्वतन्त्र न्यायपालिका हो,’ एमनेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले विज्ञप्तिमा भनेका छन् ।

‘स्वतन्त्र न्यायपालिका कानुनको शासन र मानवअधिकारको सम्मानको जग हो,’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने, ‘संविधानले परिकल्पना गरेबमोजिम सर्वोच्च अदालतको अखण्डतालाई जोगाउन र न्यायपालिकाप्रति जनताको विश्वास सुनिश्चित गर्न प्रधानन्यायाधीशमाथि लागेका आरोप’ संसद्ले बलियो, पारदर्शी र प्रभावकारी अनुसन्धान सुनिश्चित गर्नुपर्छ ।’ आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ५४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क