१९ असार २०८३, शुक्रबार | July 3, 2026

बालखैमा विहे, फुर्सदमा पछुतो



पोखरा । दुई वर्षअघिको एउटा रिपोर्टले गोरखाको धार्चे गाउँपालिकामा साढे ५ सय भन्दा बढी जोडीले उमेर नपुग्दै विहे गरेको देखाएको छ ।

२०६८ देखि २०७६ सम्ममा ५ सय ६३ जोडीले २० वर्ष अगावै विहे गरेका हुन् । ‘यति छोटो अवधिमा बालविवाहको यो तथ्यांक डरलाग्दो हो । कुनै गाउँ छैन बालविवाह नभएको,’ पालिका अध्यक्ष सन्तोष गुरुङ भन्छन्, ‘बाहिर गएर यस्ता तथ्यांक भन्दा पनि लाज लाग्छ ।

त्यसैले यसको न्यूनिकरण गर्ने रणनीति बनाउन लागेका छौं ।’ उमेर नपुग्दै चेतनास्तर कमजोर भएकोले उमेर नपुग्दै विहे गर्ने चलन धार्चेमा व्याप्त छ ।

बालविवाह न्यूनीकरणका लागि सामाजिक अभियन्ता एलिजा गुरुङलाई सद्भावनादूत नै नियुक्त गरिएको छ । ‘मान्छे सचेत छैनन् । सामाजिक सन्जालमा कुरा गरेर विहे गर्ने चलन छ,’ उनले भने, ‘अभिभावकको पनि दोष छ । आफ्ना बालबच्चा के गरिरहेका छन् भनेर कहिलै खोजी गर्दैनन् ।’ पालिकाले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गुरुङले बताए ।

सद्भावनादूत नियुक्त गरिएकी एलिजा कम उमेरमा हुने विवाहले मुख्यतः स्वास्थ्य समस्या बढी देखिएको बताउछिन् । ‘म सबैको घरमा पुगेको छु । उनीहरुको समस्या टिपेको छु । धेरैजसोको स्वास्थ्यमा समस्या देखिएको छ,’ उनले भनिन्, ‘कोही पाठेघरको क्यान्सरबाट पीडित छन् । कोही भने कुपोषण र अपाङ्गताको सिकार भएका छन् ।’ बच्चा जन्माउने बेलामा कतिपय आमा र बच्चा दुवैको मृत्यु भएका घटना पनि उनले सुनाइन् ।

त्यसबाहेक आर्थिक सामाजिक रुपमा कमजोर हुने गरेको उनको तर्क छ । ‘विहे पछि पढाई छोड्छन्, पैसा कमाउन लाग्छन् । मानसिक रुपमा तयार हुँदैनन् । आर्थिक अभावले केटा विदेशिनुपर्छ,’ एलिजा अघि भन्छिन्, ‘बच्चा, आमा र बुबा नै जोखिममा हुन्छन् । आमाकै शरिर कमजोर हुँदा बच्चा कस्तो होला ?’

अधिकांशको १५ देखि १७ वर्षको उमेरमा विहे भएको उनले जानकारी दिइन् । यसलाई रोक्न गैर सरकारी संस्था गुड नेवर्सले पनि सहयोग गरेको छ । ‘विवाह भएर दुख पाएका भिडियो देखाएर अरुलाई सचेत गराउन लागेका छौं । टोलटोलमा बालविवाहको कानुनी, व्यवहारिक र शारीरिक समस्याबारे जानकारी गराउने योजना बनाएका छौं,’ अध्यक्ष गुरुङले भने, ‘संघ संस्थाहरुको सहयोग मागेका छौं । माथिल्ला सरकारलाई पनि भनेका छौं ।’ अहिले पनि वर्षेनी बाल विवाह भैरहेको छ ।

अघिल्लो वर्षदेखि नै कार्यक्रम गर्ने भनिएपनि कोभिडका कारण रोकिएको गुरुङ बताउँछन् । सोमबार बसेको कार्यपालिका बैठकले बालविवाह न्यूनीकरण गर्न रणनीतिक योजना बनाउने र वडास्तरीय बाल संरक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : १० बजे

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु