१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अब संसदमा झुठो बोलेमा छानबिन गरेर रेकर्डबाट हटाइने



काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सदनमा तथ्यहीन बोल्ने सांसदको रेकर्ड हटाउने प्रतिबद्धता जनाएका छन् ।

धुलिखेलमा भएको संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक दुई दिने कार्यक्रममा अध्यक्ष तिमल्सिनाले संसद् बैठकमा बोलिएका तथ्यहीन कुरा रेकर्डबाट हटाइने बताए ।

उनले यसका लागि सार्वजनिक सरोकारका विषयमा ढाट्ने गरी बोलिएका कुराहरुको छानविन गर्न संसद सचिवालयलाई निर्देशन दिए ।

‘सबै त नसकिएला । सार्वजनिक सरोकार र चासो भएका विषय माननीयज्यूहरुले कति तथ्यगत बोल्नुहुन्छ हेर्नुहोला,’ सचिवालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘तथ्यहीन रेकर्ड भयो भने पछि भविष्यमा गलत सन्देश प्रवाह हुने सम्भावना रहन्छ । यसमा हामी सचेत हुनुपर्छ ।’

प्रधानमन्त्रीदेखि, मन्त्री र सांसदसम्मले तथ्य लुकाउने, बढाई चढाई गर्ने र हुँदै नभएको कुरा पनि बोल्ने गरेका बेला अब छानविन हुने भएको हो ।

अध्यक्ष तिमल्सिनाले सांसदले बोल्ने विषय, विषयवस्तुको दायरा र शब्द चयनमा पनि ख्याल गर्नुपर्नेमा जोड दिए । ‘बोल्ने कुरा, शब्द चयन, मर्यादित शब्द प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘संघीय संसदमा आएर आफ्नो क्षेत्रको समस्याबारे मात्रै बोल्ने, समग्र समस्यामा नबोल्ने प्रवृत्ति पनि सुधार्नुपर्छ ।’

उनले आफूले सरकारसँग पहिलेभन्दा राम्रो समन्वय गरिरहेको पनि बताए । विगतको राजनीतिक पृष्ठभूमि हेरेर राष्ट्रियसभा अध्यक्षले सरकारलाई अफ्ठेरो पार्न खोज्ला भन्ने आशंका देखिएको भन्दै तिमल्सिनाले पहिलो प्रधानमन्त्री ९केपी ओली०भन्दा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्रीसँग बढी समन्वय भएको बताए । सरकारलाई अफ्ठेरो पार्ने, टसल गर्ने काम आफूबाट नहुने र बढीभन्दा बढी निष्पक्षतामा आफूले जोड दिएको उनको भनाइ थियो ।

‘हिजो केपी ओली र आज शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा समान रुपमा यसो गरौ भनेर सल्लाह गरेको छु,’ उनले भने, ‘हाउस बोलाउने, अन्त्य गर्ने, विधेयक ल्याउने सरकारको जिम्मेवारी हो । हामी समन्वयमा छौं ।’

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ३९ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका