१ कार्तिक २०८३, आइतबार | October 18, 2026

अब संसदमा झुठो बोलेमा छानबिन गरेर रेकर्डबाट हटाइने



काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सदनमा तथ्यहीन बोल्ने सांसदको रेकर्ड हटाउने प्रतिबद्धता जनाएका छन् ।

धुलिखेलमा भएको संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक दुई दिने कार्यक्रममा अध्यक्ष तिमल्सिनाले संसद् बैठकमा बोलिएका तथ्यहीन कुरा रेकर्डबाट हटाइने बताए ।

उनले यसका लागि सार्वजनिक सरोकारका विषयमा ढाट्ने गरी बोलिएका कुराहरुको छानविन गर्न संसद सचिवालयलाई निर्देशन दिए ।

‘सबै त नसकिएला । सार्वजनिक सरोकार र चासो भएका विषय माननीयज्यूहरुले कति तथ्यगत बोल्नुहुन्छ हेर्नुहोला,’ सचिवालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘तथ्यहीन रेकर्ड भयो भने पछि भविष्यमा गलत सन्देश प्रवाह हुने सम्भावना रहन्छ । यसमा हामी सचेत हुनुपर्छ ।’

प्रधानमन्त्रीदेखि, मन्त्री र सांसदसम्मले तथ्य लुकाउने, बढाई चढाई गर्ने र हुँदै नभएको कुरा पनि बोल्ने गरेका बेला अब छानविन हुने भएको हो ।

अध्यक्ष तिमल्सिनाले सांसदले बोल्ने विषय, विषयवस्तुको दायरा र शब्द चयनमा पनि ख्याल गर्नुपर्नेमा जोड दिए । ‘बोल्ने कुरा, शब्द चयन, मर्यादित शब्द प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘संघीय संसदमा आएर आफ्नो क्षेत्रको समस्याबारे मात्रै बोल्ने, समग्र समस्यामा नबोल्ने प्रवृत्ति पनि सुधार्नुपर्छ ।’

उनले आफूले सरकारसँग पहिलेभन्दा राम्रो समन्वय गरिरहेको पनि बताए । विगतको राजनीतिक पृष्ठभूमि हेरेर राष्ट्रियसभा अध्यक्षले सरकारलाई अफ्ठेरो पार्न खोज्ला भन्ने आशंका देखिएको भन्दै तिमल्सिनाले पहिलो प्रधानमन्त्री ९केपी ओली०भन्दा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्रीसँग बढी समन्वय भएको बताए । सरकारलाई अफ्ठेरो पार्ने, टसल गर्ने काम आफूबाट नहुने र बढीभन्दा बढी निष्पक्षतामा आफूले जोड दिएको उनको भनाइ थियो ।

‘हिजो केपी ओली र आज शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा समान रुपमा यसो गरौ भनेर सल्लाह गरेको छु,’ उनले भने, ‘हाउस बोलाउने, अन्त्य गर्ने, विधेयक ल्याउने सरकारको जिम्मेवारी हो । हामी समन्वयमा छौं ।’

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ३९ बजे

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको