२१ चैत्र २०८२, शनिबार | April 4, 2026

साढे १३ करोडमा ११ तले तिलोत्तमा भ्यू टावर, ९० प्रतिशत काम सकियो



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्र ९वनवाटिका० मा निर्माण हुन लागेको तिलोत्तमा भ्यू टावरको निर्माण ९० प्रतिशत सकिएको छ ।

चार वर्षअघि सुरु गरिएको भ्यू टावर निर्माणको काम अआ अन्तिम चरणमा पुगेको र ९० प्रतिशत सम्पन्न भएको केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए । तिलोत्तमा नगरपालिका र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको संयुक्त लागतमा भ्यू टावर बनाउन लागिएको हो । यसको कुल लागत १३ करोड ५८ लाख रुपैयाँ छ ।

११ तले भ्यू टावर दुई कट्ठा क्षेत्रफलमा बनिरहेको छ भने अन्य पर्यटकीय पूर्वाधार दुई बिगाहा क्षेत्रफलमा बन्दै छन् । टावरको उचाईँ १३३ फिट छ भने भुई तला ३ हजार ५ सय ९५ दशमलव ८९ वर्गफिटको हुनेछ ।

भ्यू टावरमा लिफ्टसहितको सुविधा हुने छ भने यसभित्र सुविधायुक्त रेष्टुरेन्ट, पर्यटक विश्राम गर्न र बास बस्न मिल्ने कोठा, पुस्तकालयलगायत संरचना रहने छन् ।

भ्यू टावर निर्माणमा लाग्ने कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिका र बाँकी ३० प्रतिशत शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्रले खर्चिने छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको भएपनि विभिन्न कारणले काममा ढिलाई हुन पुगेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।

भ्यू टावरबाट बुटवल, भैरहवा, लुम्बिनीसम्म देख्न सकिन्छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका शहर देख्न सकिन्छ । भ्यू टावरको माथिल्लो तलामा एक दर्जन टेलिस्कोप जडान हुनेछन् ।

अनुसन्धान केन्द्रले पूर्वाधार निर्माणमा हालसम्म १० करोड लगानी गरेको छ । वनवाटिका ५१।३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहाँ ६ वटा पार्क, बाल रेल, चिल्ड्रेन पार्कसहित २१ प्रजातिका जनावर रहेका छन् । वनवाटिकामा अहिले दैनिक एकहजार पर्यटक आउने गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : २६ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ