३ पुस २०८२, बिहिबार | December 18, 2025

विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेकाे घाेषणा



पोखरा । गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेकाे घाेषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनीहरूले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने, तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे, युवा संगठन केन्द्रीय सदस्य मनिषा मगर, ब्यास नगर संयोजक सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुङ्गानाले पार्टी छोडेको घोषणा गरेका हुन् ।

‘दुई वैकल्पिक पार्टी एकतापश्चात नेतृत्वले पार्टीलाई सही दिशामा दिन सकेन । पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरू नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुदैनौं,’ उनीहरूले भनेका छन्, ‘वैकल्पिक राजनीतिलाई विवेकशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशैय्यामा पुर्याएकाे हाम्रो ठहर छ ।’

पार्टीका अध्यक्ष मिश्रले एकताको मर्म विपरित एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधान विपरित कार्य गरेकोमा उनीहरूले आपत्ती जनाएका छन् । ‘एकता महाधिवेशन छाडेर  पार्टीको लाइन विपरितका मुद्दाहरूलाई बहसमा ल्याएर पार्टी अध्यक्षले वैकल्पिक राजनीतिको गलत ब्याख्या गरेको हाम्रो बुझाई हो,’ विज्ञप्तीमा भनिएको छ, ‘अध्यक्ष मिश्रको यो कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको छ ।’ उक्त पार्टीमा रहिरहे समय वर्वाद हुने उनीहरूको तर्क छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ४ : ०० बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र