३० चैत्र २०८२, सोमबार | April 13, 2026

प्रधानन्यायाधीशविरुद्ध एकीकृत समाजवादीले एक्लै नबोल्ने, यस्ता छन् बैठकका थप निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानन्यायाधीशका विषयमा एक्लै नबोल्ने जनाएको छ । दुई दिनदेखि चलेको केन्द्रीय कमिटी बैठकले न्यायालयमा जारी विवादका विषयमा गठबन्धनमा साझा धारणा बनाउन प्रयास गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरू गठबन्धनमा रहेकाले सरकारको एउटै साझा धारणा आउनु पर्ने बताएका छन् । बैठकका निर्णय सुनाउँदै उनले न्यायालयको विवादमा पार्टीको ध्यानाकर्षण भएको अन्य दलसँग छलफल गरिने बताएका छन् ।

यस्तै बैठकले विभिन्न पार्टीबाट आएका नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । जसमा मालेबाट आएका कुलप्रसाद फुयाल, शंकर पोखरेल,नीलमणी बराललगायतलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय भएको छ ।

त्यस्तै माओवादी केन्द्रबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनयन गरी सचिवालयमा राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमालेबाट आएका बंशिधर मिश्रलाई स्थायी कमिटीमा लैजाने र तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने पार्टीले निर्णय गरेको छ । मालेबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषदमा र कारीप्रसाद यादवलाई २ नम्बर प्रदेश कमिटीमा मानोनयन गर्ने निर्णय गरेको छ ।

बैठकमा सात वटै प्रदेशका इन्चार्जहरूले रिपोटिङ गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : २५ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको