१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अष्ट्रेलियाले पहिलोपटक जित्यो टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि



काठमाडौं । अष्ट्रेलियाले आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट २०२१ को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा न्युजिल्यान्डलाई ८ विकेटले स्तब्ध पार्दै अष्ट्रेलियाले पहिलोपटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि चुमेको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो ।

अष्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ७७ रनको योगदान दिए । ५० बलको समना गरेका उनी अविजित रहे । त्यस्तै, ओपनर डेविड वार्नले अर्धशतक प्रहार गरे । उनी ५१ रनमा आउट भए । ग्लेन म्याक्विेलले २८ रन जोडे ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्डले २ विकेटले लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएइको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रनको योगदान दिए । त्यस्तै, ओपनर मार्टिन गुप्टिलले २८ रन, ग्लेन फिलिप्सले १८ रन,जिमी निशमले १३ रन तथा ओपनर डर्याल मिचेल ११ रनमा क्याच आउट भए ।

अष्ट्रेलियाका लागि जोश हेजलवुडले ३ विकेट लिए भने स्पिनर एडम जाम्पाले १ विकेट लिए ।

योसँगै दोस्रोपटक फाइनलमा पुगेको अष्ट्रेलियाले पहिलोपटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको छ । यसअघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेपनि इंग्ल्याण्डसँग पराजय भोगेको थियो । न्युजिल्यान्ड भने पहिलोपटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेपनि उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ५० बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर