१ कार्तिक २०८३, आइतबार | October 18, 2026

नेपाल बारको निस्कर्ष – प्रधानन्यायाधीससँग कुनै वार्ता हुँदैन , राजीनामा नै पहिलो शर्त



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासँग कुनै वार्ता हुन नसक्ने नेपाल बार एसोसिएसनले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले सोमबार वार्ताका लागि बारसहित आन्दोलनरत पक्षलाई आह्वान गरे लगत्तै बसेको बार कार्यसमिति बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

बारले प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाउँदै आन्दोलनमा उत्रिएको छ । प्रधानन्यायाधीश जबराकै कारण अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै बारले न्यायपालिका शुद्धीकरणका लागि उनको राजीनामा नै एकमात्र विकल्प भएको निस्कर्ष निकालेको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा आफूहरुको मुख्य सर्त रहेको बताएका छन् । श्रेष्ठले विकृति, विसंगति र भ्रष्टाचारका पक्षपोषक प्रधानन्यायाधीश जबराबाट न्यायालयको गरिमा कायम हुन नसक्ने जिकिर गरेका छन् । अध्यक्ष श्रेष्ठले भनेका छन., ‘तपाईंसँग वार्ता गर्नु भनेको विकृति, विसंगति र भ्रष्टाचारको झन् संरक्षण हुन्छ । न्यायपालिकाको गरिमा कायम हुँदैन ।’

 

 

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ५६ बजे

यसवर्षको कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान कार्यक्रम नहुने

ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १,२०० भन्दा बढी पक्राउ

काठमाडौं। फ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

बुटवल । लुम्बिनी विकास कोषमा लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्रको आठौँ दिन आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौं । बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर