२४ बैशाख २०८१, सोमबार | May 7, 2024

नेपाल बारको निस्कर्ष – प्रधानन्यायाधीससँग कुनै वार्ता हुँदैन , राजीनामा नै पहिलो शर्त



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासँग कुनै वार्ता हुन नसक्ने नेपाल बार एसोसिएसनले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले सोमबार वार्ताका लागि बारसहित आन्दोलनरत पक्षलाई आह्वान गरे लगत्तै बसेको बार कार्यसमिति बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

बारले प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाउँदै आन्दोलनमा उत्रिएको छ । प्रधानन्यायाधीश जबराकै कारण अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै बारले न्यायपालिका शुद्धीकरणका लागि उनको राजीनामा नै एकमात्र विकल्प भएको निस्कर्ष निकालेको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा आफूहरुको मुख्य सर्त रहेको बताएका छन् । श्रेष्ठले विकृति, विसंगति र भ्रष्टाचारका पक्षपोषक प्रधानन्यायाधीश जबराबाट न्यायालयको गरिमा कायम हुन नसक्ने जिकिर गरेका छन् । अध्यक्ष श्रेष्ठले भनेका छन., ‘तपाईंसँग वार्ता गर्नु भनेको विकृति, विसंगति र भ्रष्टाचारको झन् संरक्षण हुन्छ । न्यायपालिकाको गरिमा कायम हुँदैन ।’

 

 

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ५६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,