३० चैत्र २०८२, सोमबार | April 13, 2026

एकादशीमा संगीतमय बनेको बुटवलको साँझ (फोटो फिचर)



बुटवल । तिहार सकियो धेरै स्थानहरुको देउसी र भैलो पनि सकियो । लक्ष्मी पुजाबाट सुरु भएको देउसी र भैलो भाईटिकाको दिनबाट धेरै स्थानमा सकिएपनि बुटवलमा भने एकादशीका दिन पछि मात्र सकिने गर्दछ । अघिल्लो वर्ष कोरोना कहरका कारण देउसी भैलोको बहानामा मन फुकाएर नाच्न र गाउन नपाएका बुटवलका स्थानीयबासी यस वर्ष भने निर्धक्क भएर एकादशी सम्म नाचगान गरेर यस वर्षको तिहारलाई बिदाई गरेका छन् ।

सोमबारको साँझ बुटवलका धेरै स्थानहरुमा देउसी गाइएको छ भने धेरै स्थानहरुमा घलेक र गुन्यू चोलोमा चेलीहरु नाचिरहेका छन् । बुटवलको विशेष गरि दिपनगर र सुख्खानगर क्षेत्रमा सोमबारको साँझ संगितमय बनेको छ । आगनीमा कार्पेट बिच्छाएर खादी भिरेका युवा र गुन्यूचोलीमा सजिएका युवतीहरु नेपाली गीत संगीतमा झुमिरहेको दृष्यले बुटवलको साँस्कृतिक पहिचानलाई उजागर गरेको छ ।

बुटवलमा देखिएको गीत संगीतको भिडमा अधिकांस आदीबासी जनजातीहरुकै बाहुल्यता देखिएपनि प्युठानबाट बुटवल झरेका खस र आर्यहरुले पनि डल्ले सराय नाच देखाएर बुटवलको देबी नगरलाई प्युठानमय बनाएका छन् । प्युठान रुपन्देही सम्पर्क मञ्चको संयोजनमा देबीनगरमा प्रस्तुत गरिएको डल्ले सराय नाचमा युवा देखि ४० कटेका अधबैंसेहरुपनि कम्मर मर्काएर नाचेको दृष्यले बुटवलमा बसोबास गर्ने बहु साँस्कृतिक सम्पत्तीको उदहरण देखिएको छ ।

नेपाली गीत संगीतमा आकर्षक नाच देखाईएपनि थोरै स्थानहरुमा मात्र मादलुको तालमा देउसी भट्याएको देख्न सकिन्छ । साना सना नानीहरुले देउसीरे भट्याएर परम्परा जोगाएपनि हुर्केका युवा युवतीहरुले भने डिजेकै तालमा ठुलाठुला साउण्ड सिस्टममा गीत बजाएर नाचेको दृष्यले परम्परागत देउसी भैलोलाई ओझेल पारिदिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ५५ बजे

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।