७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल बन्दले सुनसान बनेको बुटवल (फोटो फिचर)



बुटवल । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको बुटवलमा बिहनै देखि प्रभाव देखिएको छ । बन्दका कारण आज बुटवलबाट छुट्ने कुनै पनि लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन छुट्नन् भने हरेक दिन गुडने मालबाहक टिप्पर र ट्रकहरुले पनि लोड भरेनन् ।

यातायात सम्बद्ध व्यवसायीहरुको संस्थाहरुले आज क्यु सिट (आलोपालो सूची) नै निकालेनन् । बिद्यालयहरु पनि बन्द हुनुका साथै बजारका पसलहरु पनि यो समाचार तयार पार्दा सम्म खुलेका छैनन् । बुटवलको भित्री सडकहरुमा भने फाटफुट पसलहरु खुलेका छन् भने अटो रिक्साहरु पातलो गुडेका छन् । बन्दको समर्थन भन्दा पनि लामो समय पछि बन्द भएकाले पनि एकदिनलाई बन्द गरिदिएको भुड्की चोक नजिकैका एक व्यवसायीले बताए ।

कोरोनाको लामो संकटपछि थोरै गति लिन थालेको व्यवसायलाई पुनः बन्द गराएर बन्द आह्वान कर्ताले गलत गरेको अमरपथका अर्का व्यापारीले बताए । बन्दलाई लिएर बुटवलका धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि बिबिध प्रतिक्रिया व्यक्त गरेका छन् । अधिकांस सञ्जाल प्रयोगकर्ताले पेट्रोलमा ३ रुपैयाँ मुल्य बढ्दा बन्द गर्नेहरुले खाने तेलमा सत प्रतिशत मुल्य बढाउँदा मौन बसेको प्रति प्रतिक्रिया दिएका छन् ।

बन्द नहुँदा २४ सै घण्टा धुलाम्मे हुने बुटवलको मुल सडक सवारी नगुडेपछि स्वच्छ र सफा देखिएको लुम्बिनी प्रादेशिक अस्पताल अगाडि हिँड्दै गरेका एक बटुवाले बताए ।

पेट्रोल र ग्यासको मुल्य बृद्दी गरेको नेपाल आयल निगमको निर्णयका विरुद्ध नेकपाले बन्द आह्वान गरेको हो । बन्द सफल पार्न मुलुकका धेरै स्थानमा बन्दको पूर्व संध्यामा विप्लवका कार्यकर्ताहरुले मशाल जुलुस निकालेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११