७ आश्विन २०८३, बुधबार | September 23, 2026

चितवनमा विप्लव बन्दको सामान्य प्रभाव, नेकपाका जिल्ला अध्यक्षसहित ११ जना पक्राउ



चितवन । खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको चितवनमा सामान्य प्रभाव परेको छ ।

बजारमा अधिकांश पसल बन्द भएका छन् । मालबाहक र लामो दूरीका यात्रुबाहक गाडी छिटपुट चलेका छन् । मोटरसाइकल र अटोहरू भने सदाझै निर्वाध चलेका छन् । केही यात्रु हिँडेरै आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । शिक्षण संस्था बन्द छन् । विद्यालय गएका विद्यार्थीहरू पनि घर फर्किएका छन् ।

बन्द गराउन गाडीको चाबी खोस्न खोज्ने र टायर बाल्न खोज्ने ११ जनालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव नेकपाका जिल्ला अध्यक्ष सन्देश पौडेललगायत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

‘जबर्जस्ती गाडीको चाबी खोस्न खोज्ने नौजनालाई नारायणगढ लायन्सचोकबाट पक्राउ गरेका हौँ । अरु दुईजना भने बाइपास रोडमा टायर बाल्न खोज्ने व्यक्ति हुन्’, उनले भने । जिल्लामा अहिले बन्दको प्रभाव सामान्य रहेको उनले बताए ।

आज बन्द आह्वान गरिएपनि सबै सरकारी कार्यालयहरू खुल्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘सरकारी कार्यालयहरू हिजोअस्ति जस्तै आज पनि खुल्छन् । केहीले स्वस्फुर्त रूपमा गाडीहरू चलाउनु भएको छैन । राजमार्ग अवरुद्ध गर्न खोज्ने र टायर बाल्न खोज्नेलाई नियन्त्रणमा लिएका छौँ’, उनले भने ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ३७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११