२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रधानन्यायाधीसको च्याम्बरमै धर्ना दिने बारको चेतावनी



काठमाडौं । आन्दोलनरत नेपाल बार एसोसिएसनले आफूहरूको माग सम्बोधन नभए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको च्याम्बरमै पुगेर विरोध जनाउने बताएको छ ।

दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीस जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वोच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ ।

सोही क्रममा मंगलबार धर्नालाई सम्बोधन गर्दै बार महासचिव लिलामणि पौडेलले बारको कुरा नसुन्ने हो भने प्रधानन्यायाधीसकै कुर्सीमा पुगेर धर्ना दिने चेतावनी दिए ।

इजलासमा फर्किने तयारी गरेका न्यायाधीसलाई खबरदारी गर्दै उनले आन्दोलन असफल पार्ने कदम नचाल्न चेतावनी पनि दिए ।

‘बारको आन्दोलन समग्र न्यायाधीश र सेवाग्राहीका लागि हो । न्यायका लागि हो । त्यसकारण न्यायाधीसले साथ दिनुपर्छ । विपक्षमा गएर विरूद्वमा नलाग्नुस्’, महासचिव पौडेलले भने ।

जबरालाई बहिर्गन हुन पुनः अनरोध गरेका उनले अन्यथा सडकमा जाने र कार्यसमिति बैठक बसेर थप आन्दोलन कार्यक्रम तय गरिने जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ५१ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ