२१ माघ २०८२, बुधबार | February 4, 2026

भारतबाट लाखौंको धनमाल चोरी गरेर फर्कँदै गरेका २ जना नेपाली प्रहरीको फन्दामा



कञ्चनपुर । भारतबाट धनमाल चोरी गरेर फर्कँदै गरेका २ नेपाली युवालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलिले कञ्चनपुर बेलौरी नगरपालिका १ फटैयाका ३८ वर्षिय लाल बहादुर शाही र कैलाली चिसापानीका ३५ वर्षिया बिष्णु शाहीलाई पक्राउ गरेको हो ।

उनीहरुले भारतबाट चोरी गरि इलेक्ट्रोनिक सामान, बिभिन्न देशका नगद तथा गरगहना चारी गरेर नेपाल आएको सूचनाका आधारमा सशस्त्र प्रहरीको समेत सहयोगमा उनीहरुलाई पक्राय गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका २ जनाबाट डेल कम्पनीको ल्यापटप १ थान, एप्पल ल्यापटप ३ थान, भारतीय रुपैयाँ ४३ हजार ९००, हङकङ डलर ४०, थाई भाट १ हजार २६०, अमेरिकन डलर १ हजार ५, क्यानेडियन डलर २ हजार ८१०, मेलेसियन रिंगिट २३, सिङ्गापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३० र चाईनिज युयान १६१ बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट पत्थर सहितको सुनको गहना १४७१.१८ ग्राम, सुनका गहना ४३९.८९ ग्राम र बहुमुल्य पत्थरहरु १ केजी ९९८.४१ ग्राम बरामद भएको छ ।

पक्रउा परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय बिलौरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : २५ बजे

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल