२५ माघ २०८२, आइतबार | February 8, 2026

सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा पुनः उक्लिए सिद्धार्थ राणा



काठमाडौं । १०औं राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्थालाई सम्मानित गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले आज सम्मानित गरेको हो ।

व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष एवं सूर्य नेपाल प्रालि संचालक समितिका निर्देशक सिद्धार्थ शमशेर जबरा र संस्थागततर्फ संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकमले सबैभन्दा बढी कर तिरेका छन् । राणा लगाताार ६ वर्षसम्म सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बन्दै आएकोमा आर्थिक वर्ष २०७६÷/ भने दोस्रो स्थानमा पुगेका थिए । राणा यसवर्ष फेरि आफ्नै पूर्ववत पहिलो स्थानमा उक्लिएर कर तिर्ने सफल उद्यमी बनेका छन् ।

राणाको सूर्य नेपालले गत आर्थिक वर्षमा सबैभन्दा धेरै मूल्यअभिवृद्धि कर (भ्याट) समेत तिरेको छ ।

संस्थागततर्फ नेपाल टेलिकमले राज्यलाई सबैभन्दा धेरै कर तिरेको छ । कुल करमा सबैभन्दा धेरै कर सूर्य नेपाल प्रालीले तिरेको छ ।

राजस्व विभागले पर्यटनतर्फ तारागाउँ रिजेन्सीलाई सम्मानित गरेको छ भने वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड र बिमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनीलाई सम्मानित गरेको छ । यस्तै, कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल परेका छन् ।

जलविद्युत्‌मा हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि रहेको विभागले जनाएको छ ।

व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एसियन पेन्ट्स, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्थालाई सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ ।

सूर्य नेपालबाहेक धेरै भ्याट तिर्ने अर्को कम्पनीमा घोराही सिमेन्ट परेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : १२ बजे

टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध नेपालद्वारा तेस्रो विकेट, सन्दीपको बलमा टम ब्यान्टन आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको