११ श्रावण २०८३, सोमबार | July 27, 2026

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या



उदयपुर । लिम्चुङबुङ गाउँपालिका-५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।

सन्तबहादुर राईले श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार राति २३ः३० बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

श्रीमतीको हत्या गरेपछि उनले पनि घाँटी रेटेका थिए । उनलाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनलाई प्रहरीले जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको छ । हत्याको बारेमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए । मृतक चतुरमाया सन्तबहादुरीकी कान्छी श्रीमती हुन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : ४० बजे

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको